Connect with us
Kapilvast Forest

भारतले महाकालीमा बनाएको पर्खालको संयुक्त निरीक्षण गरिने

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं – भारतीय पक्षले दार्चुलाको महाकाली नदीमा बनाउँदै गरेको पर्खालको नेपाल र भारतका प्रतिनिधिको संयुक्त टोलीले स्थलगत निरीक्षण गर्ने भएको छ ।

नेपालको सीमा क्षेत्रमा नेपालसंग समन्वय नै नगरी भारतले सुरक्षा वाल, चेक वाल (पर्खाल) को निर्माण गरेको भन्दै प्रश्न उठेको थियो । त्यसका सम्बन्धमा गत पुस २२ गते नेपालले एकतर्फी रुपमा स्थलगत निरीक्षण गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधिहरु सम्मिलित टोलीले स्थलगत निरीक्षण गरेको उहाँले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu