Connect with us
Kapilvast Forest

सामूदायिक रेडियो सही सूचना दिने काममा चुक्नु हुन्न:मन्त्री गुरुङ

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई सही सूचना दिने गरी समाचार प्रसारण, प्रकाशन गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नु भएको छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले केही सञ्चार माध्यमले भ्रम सृजना हुने गरी समाचार दिने गरेको उल्लेख गर्दै जनतालाई सही सूचना दिने गरी समाचार सम्प्रेषण तथा प्रकाशन गर्नुपर्नेमा जोड दिनु भएको हो ।

सामूदायिक रेडियो प्रसारक संघ, नेपाल(अकोराव) का नवनिर्वाचित कार्य समितिलाई सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा स्वागत तथा बधाईँ ज्ञापन गर्दै उहाँले सामूदायिक रेडियोहरुले आफैंले बनाएर लागू गरेको मादपण्ड अनुसार अघि बढ्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

‘सामूदायिक रेडियोहरु तय गरिएका मापदण्ड अनुसार चल्नुपर्ने हुन्छ,’ मन्त्री गुरुङले भन्नु भयो ‘समूदायलाई सही सूचना दिने काममा चुक्नु हुन्न।’ त्यस अवसरमा उनले अकोरावले राखेका जायज माग सम्बोधन गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

भेटमा अकोरावका अध्यक्ष अर्जुन गिरीले सामूूदायिक रेडियोहरुका लागि विपद व्यवस्थापन कोषको छुुट्टै व्यवस्था गर्नुपर्ने, कर छुुट, विद्युत महसुल तथा टेलिफोन महसुल छुुटका लागि नीतिगत व्यवस्था गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu