भैंसी उफ्रिएपछि डोरीमा बेरिएर वृद्धाको मृत्यु
सप्तरी – सप्तरीमा भैंसी बाँधेको डोरीमा अल्झिएर एकजना वृद्धाको मृत्यु भएको छ । जिल्लाको बलान बिहुल गाउँपालिका वडा(३ महुवा बस्ने ७० वर्षीया जयाबतीदेवी मण्डलको भैंसी बाँधेको डोरीमा अल्झिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेतमा भैंसी चराउन जाँदा एक्कासी भैँसी उफ्रिएपछि डोरी मण्डलको दाँया हातमा अल्झिएको थियो । त्यस क्रममा भैंसीले घिसार्दा उहााको टाउको, अनुहारसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते हुनुभएको छ ।
उहाँलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।मृतकको शवलाई पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।