Connect with us
Kapilvast Forest

रुसविरुद्ध थप प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

widen

एजेन्सी- अमेरिकाले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति जो बाइडेनले रसियाविरुद्ध नयाँ प्रतिबन्ध जारी गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको हो ।

सो आदेश जारी भएसँगै कुटनीतिक आचारसंहिता उल्लंघन गरेको आरोपमा १० जना रुसी अधिकारीहरु निस्कासन गरिने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति बाइडेनले यसअघि रुसका राष्ट्रपति भ्लादिमीर पुटिनसँगको टेलिफोन वार्तामा पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको समाचारहरु सार्वजनिक भएका थिए ।

आफूले रुससँग पुनः द्वन्द्व गर्न नचाहेपनि बाध्यकारी कदम चाल्नुपरेको बाइडेनले बताएका छन् । ह्वाइटहासमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले रुससँग स्थिर सम्बन्ध कायम गर्नका लागि बाध्यकारी कदम चालिएको दावीसमेत गर्नुभयो ।

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुनुअघिदेखि नै रुस र अमेरिकाबीचको विवाद बाहिर आएको थियो । गत निर्वाचनमा पनि ट्रम्पको गलत अभिव्यक्तिप्रति साथ दिएको भन्दै रुसको कडा आलोचना भएको थियो । राष्ट्रपतीय निर्वाचनमा पनि रुसका ह्याकरहरुले अमेरिकाका महत्वपूर्ण तथ्यांकहरु चोरी गरेको आरोप लागेको थियो । तर ती आरोपको रुसले खण्डन गर्दै आएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu