योगेश भट्टराई ओलिलाइ भेट्न सुटुक्क बालुवाटार
काठमाडौं-नेकपा एमालेभित्र माधव कुमार नेपाल समूहले समानान्तर गतिविधि जारी राखेपछि विवाद बल्झिँदै गएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेपाल समेत गरी सो समूहमा रहेका नेताहरुलाई कारवाहीको प्रक्रिया पनि सुरु गर्नु भएको छ ।
यसैबीच एमाले नेता योगेश भट्टराईले आज प्रधानमन्त्री ओलीसँग भेट गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भट्टराईले आलीसँग भेट गर्नु भएको हो । पार्टी एताको रक्षाका लागि सबैलाई समेटेर अगाडी बढ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको उहाँले बताउनु भयो ।
भट्टराईसहित २७ सांसदलाई कारवाही प्रक्रिया कानूनी रूपमा अघि बढाउने ढंगले मंगलवार अध्यक्ष तथा संसदीय दलका नेता ओलीले स्पष्टीकरण सोध्नु भएको थियो । पछिल्लो सम भट्टराई, गोकर्ण विष्ट समेतका नेताहरु पार्टी एकता जोगाउन सक्रिय रहनु भएको छ ।