Connect with us
Kapilvast Forest

वीरगञ्जबाट पेस्तोलसहित एक जना पक्राउ

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

pakrau

 

काठमाडौं- पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट प्रहरीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ हाँडीखोला घर भएका २५ वर्षीय राजु राना मगर छन् ।

प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले उनको साथबाट एक थान पेस्तोल र २ वटा खाली म्याग्जिन बरामद गरेको छ ।

राना मगरले भारतीय बजार रक्सौलबाट पेस्तोल लिएर आएको प्रहरीलाई बताएका छन् ।

भारतबाट पैदल आएका राना मगरले कम्मरमा लुकाएर ल्याएको अवस्थामा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu