Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलिद्वारा धरहराको उद्घाटन

२०७८, ११ बैशाख शनिबारमा प्रकाशित

 

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्नु भएको छ । २०७२ सालको महाभूकम्पले पूर्णरुपमा ध्वस्त बनाएको धरहरा पुनःनिर्माण सम्पन्न भएपछि आज शनिबार एक विशेष समारोहकाबीच उद्घाटन भएको हो । धरहराको ६ वर्षपछि नवनिर्माण भएको छ ।

भूकम्पले भत्काएको धरहरालाई यथावत् अवस्थामा राखेर त्यसको आडैमा नयाँ धरहरा बनाइएको हो । २०७५ सालमा कात्तिकमा धरहराको नवर्निमाण सुरु भएको थियो । कोरोनाका कारण निर्माणमा केही ढिलाइ भएको थियो ।

नवनिर्मित धरहरा २२ तल्लाको छ । पुरानो धरहरा ९ तल्लाको थियो । धरहराको निर्माण लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ । धरहरा टावरको निर्माण सम्पन्न भए पनि यससँगैका अन्य संरचनाहरु भने निर्माणाधिन छन् । नयाँ धरहरा आज उद्घाटन गरिए पनि तत्काल सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu