Connect with us
Kapilvast Forest

पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने

२०७८, १५ बैशाख बुधबारमा प्रकाशित

pcr test

 

काठमाडौं-सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम बनाएको छ ।विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अथवा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

यसअघि काठमाडौंकोएउटा ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नक्कली फेला परेको थियो । सो घटनापछि सरकारले रिपोर्ट परीक्षणमा कडाइ गरेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu