Connect with us
Kapilvast Forest

निषेधाज्ञाको कडाइका साथ कार्यान्वयन गर्न गृहमन्त्रालयको निर्देशन

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

girya-mantralayaaa.jpg

काठमाडौं-नोबेल कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा कडाइका साथ निषेधाज्ञा पालना गराउन गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ। हिजो पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गराउन निर्देशन दिइएको गृह प्रवक्ता जनकराज दाहालले बताउनुभयो ।

मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ।यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन्।

कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञाको आदेश जारी भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा निषेधाज्ञाको आदेश उल्लङ्घन गर्ने दुई हजारी बढीलाई हिजो होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ।ठाउँठाउँमा टोली परिचालन गरी सवारीसाधनको जाँचमा कडाइ गर्ने कार्य आज पनि कायम रहने हुने नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu