Connect with us
Kapilvast Forest

रुपन्देहीमा कोरोना संक्रमित ३ हजार नाघे, शनिबार ९ जनाको मृत्यु

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

corona-hospital-butwal

रुपन्देही- रुपन्देहीमा शनिबार २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ ।

जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ सय पुगेको छ । स्वस्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार २४ घण्टामा रुपन्देहीमा ४ सय ३२ जना संक्रमित थपिएका छन् । जसमध्ये सबै भन्दा बढी बुटवल उप-महानगरपालिकामा २ सय ५ जना संक्रमित थपिएका हुन् ।

सिद्धार्थनगर नगरपालिकामा ६५, तिलोत्तमा नगरपालिकामा ७२ , देवदह नगरपालिकामा २३ जना संक्रमित थपिएका छन् ।

तथ्यांक अनुसार संक्रमितहरु मध्ये २५ प्रतिशत सक्रिय संक्रमित रहेका छन् भने ७३ प्रतिशत निको भएर घर फर्किसकेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu