संक्रमित बिरामीको संख्या बढेपछि एक हजार बेड थप्ने तयारी
काठमाडौं – कोरोना भाइरस संक्रमितहरुको संख्या बढदैजदा अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार बेड थप्ने तयारी गरेको छ । बिरामीको संख्या बढेपछि अस्पतालका बेड भरिन थालेपछि एक हजार बेड थप्ने तयारी गरेको मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले बताउनु भयो ।
कोरोना संक्रमितको उपचारका लागि सरकारी, निजी, अर्धसरकारी अस्पताल र सार्वजनिक क्षेत्र प्रयोग गरिने भएको छ । कहाँ कति बेड थप्ने वा राख्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड उपचारको लागि ३ दिनभित्र जिल्लाका २५ देखि २०० बेडसम्मका गैरसरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई सूचीकृत हुन आग्रह गरेको छसूचीकृत हुने अस्पताललाई आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशको उपचारका लागि ७ हजार र आइसियु तथा भेन्टिलेटसहितको उपचारका लागि १५ हजार उपलव्ध गराइने स्वास्थ्य कार्यालयले जनाएको छ ।