Connect with us
Kapilvast Forest

६ वर्षपछि खुल्यो इजरायल

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

 

काठमाडौं- सरकारले इजरायलमा केयरगिभरका लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ ।इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ इजरायल रोजागरीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्विकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ ।तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।

वैदेशिक रोजगार विभागले मस्यौदा गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयमा पठाएको थियो ।मन्त्रालयले थप परिमार्जन गरी कानुन र अर्थ मन्त्तालयबाट राय लिई स्वीकृतिका लागि मन्त्रिपरिषद् लगेको थियो ।

नेपाल इजरायलबीच गत असोजमा श्रम सम्झौता भई श्रमिक पठाउनेसम्बन्धी माघमा समझदारी बनेको थियो ।निर्देशिका जारी भएसागै नेपाली श्रमिक केयरगिभरका लागि इजरायल जान पाउनेछन् ।तर कोभिडले विश्व नै आक्रान्त बनिरहेका बेला इजरायल रोजगारी पनि प्रभावित हुन सक्ने देखिन्छ । अन्नपूर्ण

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu