Connect with us
Kapilvast Forest

गाडी भित्र मृत फेला परेका बालकका आफन्तीले अझै बुझेनन् शव

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

दाङ-दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गाईडहरमा मृत फेला परेका तिन जनाबालकका आफन्तीहरुले ६दिनवितिसक्दा पनि शबबुझ्न मानेका छैनन् ।उनीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषी पत्तानलाग्दा सम्म शबनबुझने बताएका छन् ।

मृतक करण परियारका अभिभावककिरण परियारले घटना रहस्यमयभएको भन्दै दोषी पत्तानलाग्दा सम्म आफुहरुले शबनबुझने बताउनु भएको छ ।आफना अबोध बालकहरुको रहस्यमयतरिकाले हत्या गरेको दावीगदै उहाँले सत्यतथ्य छानविन हुनु पर्ने मागगर्नु भएको छ ।

दोषीपत्ता लगाई कडा कारवाहीगर्नुपर्ने पिडित पक्षहरुको माग छ । गतशनिवार साँझ तुलसीपुर ६ स्याउलीबजार नजिकै रोकी राखेको कार भित्रगाईडहर बस्ने ९ बर्षिय सन्दिप परियार, ७बर्षिय सुवर्ण परियार र ६ बर्षिय करण परियार मृत भेटिएका थिए ।

उनीहरुको आईतवार राप्तीप्रादेशिक अस्पताल तुलसीपुरमा पोष्ट मार्टम गरी शवलाई शव गृहमा राखीएको छ ।बैशाख १६ गते घरबाट हराएका ती बालकहरु गएको माघ देखी पार्किङ गरि राखीएको आरजे०१सी सी०८८५ नम्वरको भारतीयनम्वर प्लेड भएको गाडी भित्र मृत फेला परेका थिए । प्रहरीले गाडी धनीयादव गैरे र चालकपदम बस्नेतलाई पक्राउ गरी घटना बारे आबश्यक अनुसन्धान सुरु गरेको ईलाकाप्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu