Connect with us
Kapilvast Forest

विश्वासको मतबारे निर्णय भइसक्यो, तर एकताको पक्षमै छौँ:योगेश भट्टराई

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

yoges

काठमाडौं – नेकपा एमालेको नेता योगेश भट्टराई आफूहरुले पार्टी एकता जोगाउन चाहेको बताउनुभएको छ ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णयपछि ओली समूहका नेता विष्णु पौडेलसँगको छलफलपछि उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो , ‘एमालेलाई जोगाउने र संसद्मा एकताबद्ध कसरी उपस्थित हुने भन्नेबारे छलफल भइरहेको छ। छलफल सकारात्मक छ। हामीलाई आशा छ। सबैले एमालेको एकता चाहेका छन्।’

विश्वासको मतबारे आफ्नो समूहको निर्णय भइसकेको उनले बताए। तल्लो तहसम्मका नेता कार्यकर्ताले सग्लो एमाले चाहेको बताउँदै एकताको प्रयास भइरहेको बताउनुभयो ।

उहाँले आफ्नो समूहमा कुनै मतभेद नरहेको समेत स्पष्ट पार्नुृ भएको छ । यसअघि राजीनामाको बिषयलाई लिएर विवाद भएको कुरा सार्वजनिक भएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu