बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा
कठमाडौं- बहराईनको रोयल गार्ड सगरमाथा आरोहण अभियानले विश्वको सर्वोच्च शिखरमा सफलता प्राप्त गरेको छ ।
जसमा बहराईनका राजकुमार शेख मोहम्मद हमाद अलिफाले पनि सफल आरोहण गरनु भएको छ ।
उहाँले बिहान साढे पाँच देखि ६ बजेर ४५ मिनेट जाँदाको अवधिमा सगरमाथाको चुचुरोमा पुगेका शगरमाथा आधार शिविरमा रहनु भएका पर्यटन विभागका निर्देशक मीरा आचार्यले ट्वीटर मार्फत जानकारी गराउनु भएको छ ।
यसपालीको बसन्त ऋतुमा सगरमाथाको शिखरमा पुग्ने यो पहिलो अन्तराष्ट्रिय आरोहण टोली हो ।