बस दुर्घटना (अपडेट) : ३ को मृत्यु २५ बेपत्ता
काठमाडौं । सर्लाहीको मलङगाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खसेको छ । शुक्रबार बिहान ३ः३० बजे ना६ख७४६९ नम्बरको बस धादिङको रोराङ गाउँपालिका– ३ सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । २५ जना भन्दा बढी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरी र स्थानीय उद्दार कार्यमा जुटेका छन् । बसमा ४० भन्दा बढी सवार रहेको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।