Connect with us
Kapilvast Forest

ओखलढुंगाको मोलुङ गाउँपालिका सिल

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

ओखलढुंगा – मोलुङ गाउँपालिकाका वडाहरूमा एक साताका लागि सिल गरिएको छ। सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले ६ वटा वडा सिल गर्ने निर्णय गरेको हो।

कोभिड –१९ संक्रमणको दोस्रो लहरको कारण संक्रमण गाउँपालिकामा तीव्र भएसँगै सोमबार राति १२ बजेदेखि ९ गते राति १२ बजेसम्म लागू हुने गरी ६ वटा वडा सिल गरिएको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताउनु भयो ।

नागरिकको दैनिक आवश्यकतालाई मध्यनजर गरी दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म आवश्यक स्वास्थ्य सतर्कता अपनाएर दैनिक उपभोग्य खाद्यन्न वितरण गरिने पसलहरू मात्र खुल्ला रहने गाउँपालिकाले जनाएको छ।

उपभोग्य सामाग्री खरिद तथा बिक्री वितरण गर्दा व्यक्तिगत रुपमा अपनाउने स्वास्थ्य सम्बन्धी सतर्कता अपनाउन, मास्क तथा सेनिटाइजर प्रयोग गरी सामाजिक दूरी अनिवार्य पालना गर्नसमेत गाउँपालिकाले आग्रह गरेको छ।

ओखलढुंगामा कोरोना संक्रमण बढी रहेको अवस्थामा सोमबार मात्रै १० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित ६ जना ओखलढुंगाका र ४ जना सोलुखुम्बु छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu