गण्डकीमा मुख्यमन्त्री गुरुङद्वारा पुरानै मन्त्रीहरूलाई निरन्तरता दिने तयारी
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद् विस्तार ग र्नुहुने भएको छ । मुख्यमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बुधबार अपराह्न मन्त्रिपरिषदे विस्तार गर्न लागिएको हो ।
वैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलका हैसियतमा मुख्यमन्त्री बनेका उहाँले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ । असार नलाग्दै गण्डकी प्रदेशसभाबाट नीति तथा कार्यक्रम पारित गराउनुपर्ने भएकाले मन्त्री नियुक्त गर्न लागिएको स्रोतले बताएको छ ।
मन्त्री बन्नका लागि दौडधुप गरे पनि अहिलको मन्त्रिमण्डलमा नयाँ अनुहारले भने मौका नपाउने बताइएको छ । गुरूङले पुराना सबै मन्त्रीलाई पुनस् निरन्तरता दिँदैहुनुन्छ । स्रोतका अनुसार किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र राजीव गुरुङलाई नै मन्त्री बनाउन लागिएको छ ।