Connect with us
Kapilvast Forest

गृहमन्त्री थापालाई मतदान गर्न जारी गर्यो राप्रपाले ह्विप

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं – राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापालाई मत दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ह्विप जारी गरेको छ ।

थापालाई मत दिन एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय भएको राप्रपाले जनाएको छ ।

बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा थपा नेकपा (माओवादी केन्द्र)बाट बिजयी हुनुभएको थियो । एमाले प्रवेशसँगै उहाँलाई माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो ।

यता, माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतको समर्थनमा खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ।बागमतीमा राप्रपाको कुल १ सय ३२ मतभार छ । उपनिर्वाचन बिहीबार हुँदै छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu