Connect with us
Kapilvast Forest

ओली राजनीतिका टिम लिडर हुन गोल छिराउदै मेडल प्राप्त गरिरहन्छन :एमाले नेता बस्नेत

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं-नेकपा एमालेका नेता , पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राजनीति बिचार र सिद्धान्तको मात्र बिषय मात्रै नभएर ।राजनीति विधि, पद्धति र प्रक्रियाको बिषय पनि । भएको बताउनु भएको छ ।

उहाँले बर्तमान सरकार र प्रधानमन्त्री के पी शर्मा ओली बिरुद्ध हात धोएर लागेका विपक्षी दलहरुले संबिधानको धारा ७६(२)अनुसारको सरकार बनाउन निकै मरिहत्ते गरेको आरोप समेत लगाउनु भएको छ ।

मावोबादी र निर्देशन कांग्रेसले गरेको कुरा घाम जतिकै छर्लङ्ग छ। च्याखे दाउमा चिठ्ठा पर्छकी भनेर त्यो अलोकतान्त्रिक हर्कत र अभ्यासमा डा बाबुराम र उपेन्द्र घुडा धसेरै लागेका छन भने भित्र भित्रै माधब नेपालले पनि आशिर्वाद दिएकै छन भन्दै उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिकृया दिनु भएको छ ।

याद होस सक्छौ भने बहुमत पुर्‍याएर नयाँ सरकारको दाबी गर। हामी बिपक्षीमा बस्न तयार छौ। नत्र भने संबिधान अनुसार बन्ने बैकल्पिक सरकार र त्यस्को कामलाइ आलोचनात्मक समर्थन गर।मिडिया र सोसियल मिडियाको रोइलोको कुनै अर्थ छैन उहाँले भन्नु भएको छ ।

आजको परिवेशमा बनेको धारा ७६(३) को सरकारले बिश्वासको मत पाउने स्थिति नदेखिए पछि,सरकारको सिफारिसमा मार्ग प्रसस्त गर्ने र राष्ट्रपति ज्यु मार्फत ७६(५) को सरकारको लागि आव्हान भएको छ। यो स्वभाबिक संबैधानिक प्रक्रिया हो। यो प्रक्रियामा बहुमत पुराउन सक्ने हैसियत नभएका केही दलहरु, केही नेता भनाउदाहरु, अनि केही परिचालित मिडिया र केही कथित बुद्धिजीवी भनाउदाहरु प्रधानमन्त्रीलाई गल हत्याउने र राष्ट्रपति ज्युलाइ महा अभियोग लगाउने सम्मका गंजेडिका गफ गरिरहेका छन।याद होस सक्छौ भने बहुमत पुर्‍याएर नयाँ सरकारको दाबी गर। हामी बिपक्षीमा बस्न तयार छौ। नत्र भने संबिधान अनुसार बन्ने बैकल्पिक सरकार र त्यस्को कामलाइ आलोचनात्मक समर्थन गर उहाँले भनु भएको छ

नेपाली राजनीतिका सफल टिम लिडर के पी ओली नै हुन र अझै धेरै समय विपक्षीको कोटमा गोल छिराउदै अगाडी बडनेछन सिल्ड मेडल प्राप्त गरिरहनेछन उहाँले भन्नु भयो ।

6h 

राजनीति बिचार र सिद्धान्तको मात्र बिषय होइन। यो त विधि, पद्धति र प्रक्रियाको बिषय पनि हो। बर्तमान सरकार र प्रधानमन्त्री के पी शर्मा ओली बिरुद्ध हात धोएर लागेका विपक्षी दलहरुले संबिधानको धारा ७६(२) अनुसारको सरकार बनाउन निकै मरिहत्ते गरेकै हुन।
एमाले फुटाउने, जसपा फुटाउने, राष्ट्रियसभामा निर्दलिय गठबन्धन बनाउने। फ्लोर क्रस गराउने, पार्टी व्हिप विरुद्ध मतदान गराउन लगाउने जस्ता अनेक अलोकतान्त्रिक हर्कत देखाएकै छन। यस्तो हर्कतको परिकल्पना र निर्माण मावोबादी र निर्देशन कांग्रेसले गरेको कुरा घाम जतिकै छर्लङ्ग छ।
च्याखे दाउमा चिठ्ठा पर्छकी भनेर त्यो अलोकतान्त्रिक हर्कत र अभ्यासमा डा बाबुराम र उपेन्द्र घुडा धसेरै लागेका छन भने भित्र भित्रै माधब नेपालले पनि आशिर्वाद दिएकै छन। आजको परिवेशमा बनेको धारा ७६(३) को सरकारले बिश्वासको मत पाउने स्थिति नदेखिए पछि,सरकारको सिफारिसमा मार्ग प्रसस्त गर्ने र राष्ट्रपति ज्यु मार्फत ७६(५) को सरकारको लागि आव्हान भएको छ।
यो स्वभाबिक संबैधानिक प्रक्रिया हो। यो प्रक्रियामा बहुमत पुराउन सक्ने हैसियत नभएका केही दलहरु, केही नेता भनाउदाहरु, अनि केही परिचालित मिडिया र केही कथित बुद्धिजीवी भनाउदाहरु प्रधानमन्त्रीलाई गल हत्याउने र राष्ट्रपति ज्युलाइ महा अभियोग लगाउने सम्मका गंजेडिका गफ गरिरहेका छन।याद होस सक्छौ भने बहुमत पुर्याएर नयाँ सरकारको दाबी गर।  हामी बिपक्षीमा बस्न तयार छौ। नत्र भने संबिधान अनुसार बन्ने बैकल्पिक सरकार र त्यस्को कामलाइ आलोचनात्मक समर्थन गर।मिडिया र सोसियल मिडियाको रोइलोको कुनै अर्थ छैन।
लोकतान्त्रको विधि र प्रक्रिया भनेको संसदमा जसको बहुमत पुग्छ उसैको सरकार बनाउने होला नि! तिम्रा रिस, कुण्ठा र आग्रहले नयाँ बिकल्प दिन सक्छ र ? बहुदलीय ब्यबस्थामा खेलिने सत्ताको खेल फुटबल जस्तै हो आफ्नो टिमले गोल हान्न खोज्दा अर्कोले रोक्ने अर्को टिमले हान्न खोज्दा आफुले रोक्ने। जस्ले गोल गर्छ सिल्ड मेडल उसैले हात पार्छ। नेपाली राजनीतिका सफल टिम लिडर के पी ओली नै हुन र अझै धेरै समय विपक्षीको कोटमा गोल छिराउदै अगाडी बडनेछन सिल्ड मेडल प्राप्त गरिरहनेछन।
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu