महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्चमा शतप्रतिशत वृद्धि
काठमाडौँ -अर्थमन्त्री विष्णु पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताउनु भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उहाँले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुर्याएको उहाँले बताउनु भयो ।
यस्तै, काठमाडौं उपत्यकामा ३ सय शय्याको र सबै प्रदेशमा ५० शय्याको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको उहाँले बताउनु भयो ।