प्रधानमन्त्री ओली एक्लो छन्, रहन्छन् :गोकुल बाँस्कोटा
काठमाडौं-नेकपा (एमाले)का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पाँच पूर्व प्रधानमन्त्री सँधै त एकै ठाउँमा रहेको बताउनुभएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली एक्लो रहेको र रहने पनि बताउनुभएको छ । उनहाँले पाँच पूर्व प्रधानमन्त्रीको स्वार्थको भारी बोकेर किन सँगै रहनु रुभन्ने पनि प्रश्न उठाउनुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले लेख्नुभएको छ-पाँच पुर्वप्रम सधै त एकै ठाउँमा थिए,प्रम ओली एक्लो छन,रहन्छन । यीनका स्वार्थको भारी बोकेर किन सँगै रहनु?हटाउन नसक्ने निश्चित भएपछिको गनगन।ओली बिशेषता नै यहि हो-आफ्ना एजेण्डामा स्पष्ट अरुका प्रतिकृया त आउछन जान्छन।जसपा डल्लै आफुतिर नउभिएपछिको रुवावासी नत्र लड्डुलालले दीप बाल्थे।’