Connect with us
Kapilvast Forest

गण्डकी प्रदेशको बजेटमा स्वास्थ्य प्राथमिकता

२०७८, १ असार मंगलवारमा प्रकाशित

 

 

कास्की — गण्डकी प्रदेशमा आगामी वर्षका लागि सरकारले मंगलबार बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आव २०७८र०७९ का लागि अहिले प्रदेश सभामा बजेट प्रस्तुत गरिरहनु भएको छ ।

कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८र७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा बजेट पेस गर्नुभएको हो ।

 

यसैगरी बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको निस्शुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र जेष्ठ नागरिकलाई पनि संबोधन गरेको छ ।

पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu