Connect with us

अमेरिकामा गोली प्रहार गरी ३ जनाको हत्या

२०७८, २२ असार मंगलवारमा प्रकाशित

goli

 

एजेन्सी – अमेरिकाको डालसमा एक अज्ञात बन्दुकधारीले गोली प्रहार गरी ३ जनाको हत्या गरेको छ ।डालस स्थित एक मार्केट बाहिर ती ब्यक्तिले पाँच जनामाथि गोली प्रहार गरेकोमा ३ जनाको मृत्यु भएको हो ।

घटनामा २ जना घाइते भएका छन् । गोली प्रहार गर्ने ब्यक्ति फरार रहेकाले ब्यापक खोजी गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार भीडमाझ प्रवेश गरेका ती ब्यक्तिले पाँच जनाको समुहमा रहेको ब्यक्तिमाथि गोली प्रहार गरेको बुझिएको छ । घाइते २ जनाको अवस्था खतरामुक्त भएका जनाईएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu