Connect with us
Kapilvast Forest

अनलाइन सरुवा प्रणाली प्रभावकारी

२०७८, २४ असार बिहीबारमा प्रकाशित

sanghiya_mamaila_mantralaya_.jpg

 

काठमाडौं-बाट सडक डिभिजन कार्यालय दाङमा सरुवा हुनुभएका कम्प्युटर अपरेटर चिन्तामणि पार्धेले सरुवाका लागि अनलाइन माध्यमबाट निवेदन दिएको एक सातामै रोजेकै कार्यालयमा सरुवा भए ।

बिनाभनसुन छोटो समयमा यति सजिलै सरुवा होला भन्ने आशा नगरे पनि सरुवा भएपछि उहाँले अनलाइन प्रणालीबाट गरिएको सरुवा प्रभावकारी भएको अनुभव गरे ।

पार्धेले भने, “अनलाइनबाट सरुवाको निवेदन गर्दा बिनाझन्झट भनसुन नै नगरी सजिलै सरुवा हुँदो रहेछ, सरुवाका लागि अनलाइन प्रणाली प्रभावकारी भएको मैले महसुस गरेँ ।”

पार्धेजस्तै जिल्ला हुलाक कार्यालय महोत्तरीबाट राष्ट्रिय किताबखानामा सरुवा हुनुभएकी सरिता अधिकारीले पनि अनलाइन प्रणाली प्रभावकारी भएको बताउनुभयो । “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कसैलाई चिनेको छैन”, उनले भने, “अनलाइनबाट निवेदन दिएको चार दिनमै मन्त्रालयबाट पत्र बनिसकेको छ भनेर फोन आयो ।”

उनका अनुसार अनलाइन फाराममा सेवा गर्न जाने कार्यालय रोज्ने अवसर दिइएको हुन्छ । “मैले आफूलाई पायक पर्ने र दरबन्दी खाली भएको निजामती किताबखानामा सेवा गर्न फाराम भरेर, आफूले रोजेकै कार्यालयमा चार दिनमै सजिलै सरुवा भयो”, उनले भने ।

गत मङ्सिरदेखि मन्त्रालयले सुरु गरेको अनलाइन सरुवा प्रणाली प्रभावकारी बन्दै गएको छ । मङ्सिरदेखि हालसम्म अनलाइनबाट सरुवा हुन एक हजार ४३१ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएकामध्ये२५३ जनाको रोजेकै कार्यालयमा सरुवा भइसकेको छ ।

“अहिले दुर्गम क्षेत्रका कर्मचारी सरुवा निवेदन बोकेर मन्त्रालयसम्म पुगिरहनु पर्दैन”, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले भने, “अहिले जता छ त्यहीँ बसेर रोजेकै कार्यालयमा सरुवा हुन्छ । मन्त्रालयका कर्मचारीले पनि अधिकांश समय निवेदन लिनै र मान्छे भेट्नैमा समय खर्चनु नपर्ने भएको छ ।”

मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवा प्रणाली सुरु गरेपछि कर्मचारीलाई समय र पैसाको बचत भई कर्मचारीलाई मन्त्रालय धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।

दुर्गम क्षेत्रका कर्मचारी सरुवाकै लागि भनेर काठमाडौंँ आएर होटलमा बस्ने खर्च एकातिर कम भएको छ भने भनसुनका लागि हुने दौडधुप र लाग्ने समयको बचतले सेवा प्रवाह प्रभावकारी भएको पोखरेलले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu