Connect with us
Kapilvast Forest

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन र लुटपाट, ७२ जनाको मृत्यु

२०७८, ३० असार बुधबारमा प्रकाशित

एजेन्सी-दक्षिण अफ्रिकामा जारी हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ। पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूमा अहिलेसम्म ७२ जनाको ज्यान गएको बिबिसीले जनाएको छ।

सरकारले लुटपाट र हिंसात्मक प्रदर्शनलाई रोक्न सेना परिचालन गरेपनि हिंसात्मक प्रदर्शन र लुटपाट जारी रहेको छ। राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन्। उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका हुन्। राष्ट्रपतिले दक्षिण अफ्रीकामा यो सन १९९० पछिको डरलाग्दो हिंसा भएको टिप्पणी गरेका छन्।

जुमाले प्रहरी समक्ष गत हप्ता आत्मसमर्पण गरे पनि उनको समर्थनमा भएका प्रदर्शनहरूमा अहिलेसम्म प्रहरीले १२३४ जनाभन्दा बढी पक्राउ गरेको जनाएको छ।

अहिलेसम्म २०० भन्दा बढी शोपिंग मल लुटपाट गरिएको ब्ल्लुम्बर्ग न्यूज एजेन्सीले उल्लेख गरेको छ। त्यस्तै एटीएम लुटिएको छ भने रेस्टुरेन्टहरुमा तोडफोड गरिएको छ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजायँ सुनाईको थिएन। प्रहरीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपका घटनाहरू भइरहँदा शहरहरूका केही भवनहरू आगजनी भएको छ भने पसलहरू लुटिएका छन्। सरकारले खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ।

संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने अपेक्षा जुमाले गरेका उनका निकटस्थ स्रोतहरूले बताएका छन्। कानुनविद्हरूले जेल सजायँ माफी वा कम गर्ने सम्भावना भने नरहेको बताइरहेका छन्।​ जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ। सन् २०१८ मा सेनाको सहयोगमा उनको दलसहित त्यहाँका राजनीतिक दलहरूले उनलाई पदच्युत गर्न सफल भएपनि उनको पक्षमा अहिले पनि ठूलो समूह रहेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu