Connect with us
Kapilvast Forest

बारामा बाल विवाहमा संलग्न तीन जना पक्राउ

२०७८, ३१ असार बिहीबारमा प्रकाशित

marrige

बारा – बारामा बाल विवाह गर्ने/गराउने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । १७ वर्षकी एक बालिकालाई २४ वर्षका पुरुषसँग विवाह गराएको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ का महेश सहनी र पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ बस्ने ठग सहनीले आपसी सहमति गरेर २४ वर्षका विशाल सहनीको बिहे १७ वर्षकी बालिकासँग गराएका थिए । गएको १७ गते भुटनदेवी मन्दिरमा बिहे गराएको सूचना पाएपछि प्रहरीले तीनै जना अभियुक्तलाई खोजी गरिरहेकोमा हिजो पक्रन सफल भएको जनाएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ । यस्तै पर्सा जिल्लाका विभिन्न ठाउँमा २० वर्ष पूरा नभएका युवायुवतीले बालविवाह गर्ने तथा अभिभावकहरूले गराउने गरेको भन्ने जानकारी आएकोमा गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।

बालविवाह गर्न लागेको, गरिरहेको वा गरेको जानकारी पाएमा तत्काल खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu