Connect with us
Kapilvast Forest

आजदेखि कपिलवस्तुका ९६ खोप केन्द्रबाट भेरोसेल खोप लगाइने

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुमा आज आइतबार भेरोसेल खोप दिइदै छ । साउन ५ गते सम्म तालिका बनाएर १० पालिकाका ९६ स्वास्थ्य चौकीबाट खोप दिन लागिएको बताइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

५४ वर्षदेखि ५९ उमेर समूहका नागरिकलाई सम्बन्धित पालिकाका स्वास्थ्य चौकीमा गएर खोप लगाउन कार्यालयले विशेष अनुरोध गरेको छ । जिल्लामा ३४ हजार ३४ डोज खोप आएको र त्यसको लागि सिमित उमेर समूह र पेशा तोकिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेले बताउनुभयो ।

व्यक्ति तथा औषधी पसल, फलफूल, तरकारी पसल, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट संचालक, पेट्रोलियम ढुवानी र सार्वजनिक यातायात चालक, सह चालक, शिक्षक, विदेश जान भिषा प्राप्त व्यक्ति र पहिले प्राथमिकतामा परेका तर छुटेका व्यक्तिहरूलाई पहिलो डोज दिने जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu