Connect with us
Kapilvast Forest

हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं : रामकुमारी झाँक्री

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

 

काठमाडौं- नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन् । एमालेले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसककेको छ । तर, माधव नेपाल पक्षले भने विश्वासको मत दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने कार्यक्रम छ । आजको संसद् बैठकको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यतालिका छ ।

 

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेकी छिन्-“हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो।

सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।”

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu