खेल्नेक्रममा सिमेन्टको खम्बाले च्याप्दा बालकको मृत्यु
इलाम-खेल्नेक्रममा सिमेन्टको खम्बा लडेर च्याप्दा बालकको ज्यान गएको छ। इलाम नगरपालिका–१, नेपालटारका हर्कबहादुर गुरुङको घरमा ८ वर्षे ग्रेसदीप रिजालको निधन भएको प्रहरीले जनाएको छ।
भित्तामा ठड्याएर राखेको कम्पाउन्ड बेरा गर्ने सिमेन्टको खम्बा लडेर किच्दा बालक गम्भीर घाइते भएको परीले जनाएको छ ह। उपचारका लागि इलाम अस्पताल ल्याइएपछि उहाँको निधन भएको जिल्ला प्रहरीका डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । इलाम नगरपालिकाको खरेलडाँडाका बालक नेपालटारमा डेरा गरी बस्दै आएको प्रहरीले जानकारी दिएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।