Connect with us
Kapilvast Forest

११ किलो चरेशसहित ३ जना पक्राउ

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

 

मलंगवा- सर्लाहीको मलंगवाबाट प्रहरीले ११ किलो लागु औषध चरेशसहित ३ जनालाई पक्राउ गरेको छ। नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा नेपाल भारत सीमा नजिक मलंगवा नगरपालिका २ बाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चरेशसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ११ बीरबहादुर बल, सोही जिल्ला कैलाश गाउँपालिका वडा नं. ५ का सुकराम पाख्रीन र काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ११ का सुकलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्।

प्रहरीले शंका लागेर चेकजाँच गर्दा बलको साथबाट ५ किलो ५०० ग्राम चरेश र एक थान मोबाइल, पाख्रीनको साथबाट ५ किलो ६०० ग्राम चरेश र तामाङको साथबाट एक थान मोबाइल त्यसमा लागेको एक थान नेपाली एक थान भारतीय सीम र १६ हजार भारतीय रुपैयाँ बरामद भएको छ।

प्लाष्टिकको ग्यालेनमा चिप्स बनाएर ब्यागमा लुकाइ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको छ। ग्यालेनमा ४५ ओटा चिप्स बनाइ राखेको अवस्थामा चरेश बरामद गरिएको हो। पक्राउ परेकाहरु माथि लागु औषध सम्बन्धी मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu