Connect with us
Kapilvast Forest

६ महिनाअघि हराएका तीन बालबालिका भारतबाट उद्धार

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

 

बाँके-जिल्लाका कोहलपुरबाट ६ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ। कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो।

कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारूका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी, सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी छन्। रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज (सोमबार) परिवारको जिम्मा लगाइँदै छ।

भारतको बरेलीस्थित नारी निकेतन अनाथ आश्रममा रहेका उनीहरूलाई आवश्यक कागजातको प्रमाण जुटाएर फिर्ता ल्याइएको हो। उनीहरूसँगै बैतडीका १ र दाङका १ गरी थप दुई बालक पनि सोही बालगृहमा राखिएको वडाध्यक्ष थारूले जानकारी दिए।

६ महिनाअघि कोहलपुरबाट हराएका बालबालिका नेपालगञ्जस्थित जमुनाह नाका हुँदै रुपैडिहामा पुगेका जनाइएको छ। त्यहाँबाट भारतीय ट्रकमा बसेर बरेली पुगेका हुन्। बरेली पुग्नुभन्दा दुई-तीन किलोमिटर वरै ट्रकले बालबालिकालाई झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरूलाई भारतीय प्रहरीले उद्धार गरेर स्थानीय संरक्षण संस्थाको जिम्मा लगाएको थियो।

नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारत गएर बालबालिका अलपत्र पर्ने गरेका छन्। माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले साथीका लहलहैमा घर छोडेर हिँडेका बालबालिका जोखिमपूर्ण यात्रा गरी भारतका विभिन्न शहरमा अलपत्र पर्ने गरेका बताए। उनका अनुसार यसअघि पनि भारतको बहराइच, लखनउ, दिल्लीलगायत स्थानमा अलपत्र परेका बालबालिकाको उद्धार गरी पारिवारिक पुनःमिलन गराउने काम भएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu