प्रदेश सांसद वली नेपालगन्जमा हुनुहुन्छ: प्रहरी
दाङ — माओवादी केन्द्रले आफूहरूको सम्पर्कबाहिर रहेकी भनेको लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री वली नेपालगन्जमा रहेको प्रहरीले बताएको छ ।
उहाँ फोन सम्पर्कमा आएको र उपचारका क्रममा नेपालगन्जमा रहेको जानकारी दिएको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताउनुभयो । झमैले उहाँसँग फोनमा कुरा गरेको छु । उहाँ ठीक हुनुहुन्छ । उपचारका लागि नेपालगन्ज छु भन्नुभएको छ,ु एसपी काफ्लेले भन्नुभयो घाँटीमा समस्या देखिएकाले फोन नउठाएको बताउनुभएको छ । अरू कुनै समस्या भएको देखिएन ।’
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले पनि सांसद वली सम्पर्कमै रहेको बताउनुभयो । फोनमा कुरा भैरहेको र कुनै समस्या नरहेको उहाँको भनाइ छ ।