Connect with us
Kapilvast Forest

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयका सेवा बन्द

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

पाल्पा – जिल्ला प्रशासन कार्यालय, पाल्पाले साउन २९ गते सम्मका लागि आफ्ना सेवाहरु बन्द गरेको छ । कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा तथा ठाडो उजुरी बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको हो ।

प्रशासनमा कार्यरत नौ जना कर्मचारीको कोरोना परीक्षणमा पाँच कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । पाल्पामा कोरोना संक्रमणको जोखिम रहिरहेकाले स्वास्थ्य मापदण्डको पालनामा जोड दिन समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । अहिले पाल्पामा तीन सय ९५ जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu