९ घण्टापछि नेविको बिस्कुटको कारखानामा लागेको आगो नियन्त्रणमा
काठमाडौं – काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुटको कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ।बिहान २ बजेदेखि लागेको आगो हेलिकप्टरबाट पानी हाल्नेदेखि दमकलको प्रयोगपछि झण्डै ९ घण्टापछि नियन्त्रणमा आएको हो।
सिम्रिक एअरको हेलिकप्टरले रानीपोखरी र माछापोखरीबाट पानी ओसार्दै आगो नियन्त्रण प्रयास गरेको थियो। यसैगरी दमकल, प्रहरी र स्थानीयले पनि आगो नियन्त्रणमा खटेका थिए। अहिले आगलागी स्थलबाट धुँवा आउने क्रम रोकिएको छ।
आगलागीबाट कारखानको एउटा भवनमा पुरै क्षति पुगेको छ। आगो के कारणले लाग्यो कारण खुल्न सकेको छैन। आगलागीका कारण कति क्षति पुग्यो भन्ने विवरण पनि आउन सकेको छैन।