Connect with us
Kapilvast Forest

पौडेल पक्षका जिल्ला सभापतिको भेला सुरू

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसका जिल्ला सभापतिहरू काठमाडौंस्थित ठमेलमा भेला भएका छन्।पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेपछि समयमै महाधिवेशन गर्न दवाव दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले सोमबार काठमाडौंमा भेला गरेका हुन्।

भेला ठमेलस्थित यात्री होटलमा भएको छ। एक जना जिल्ला सभापतिले दिएको जानकारीअनुसार मंगलबारसम्म भेला चल्नेछ।महाधिवेशन समयमै गर्न र पार्टीलाई संकटमा नपुर्‍याउन सभापति शेरबहादुर देउवालाई सुझाव र दवाव दिने तयारीस्वरूप भेला गरिएको हो।

‘महाधिवेशन अन्योलमा परेको र कार्यतालिका पनि प्रभावित भएको अवस्थामा सामुहिक रूपमा छलफल गरी निष्कर्ष निकालेर सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न दवाव दिन लागेका हौं,’ एक जिल्ला सभापतिले भने, ‘भेला सुरू भइसकेको छ। साथीहरूले आफ्ना भनाइ राखिरहनुभएको छ।’

भेलामा ७७ मध्ये ४० जिल्ला सभापति उपस्थित हुने दाबी छ।यसअघि पनि जिल्ला सभापतिहरूको तर्फबाट नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले विज्ञप्ति निकालेर क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न माग गरेका थिए।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu