Connect with us
Kapilvast Forest

एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै सांसद बस्नेतको आपत्ति

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउनलागेको भन्दै विरोध जनाउनुभएको छ ।सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बस्नेतले संसद अधिवेशन गरेर अध्यादेश ल्याए आजको दिन संसदीय इतिहासमा कालो दिनको रुपमा अंकित हुने बताउनुभयो ।

‘‘ सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने’ उहाँले भन्नुभयो , ‘डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय ग¥यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’

सांसद बस्नेतले अदालतबाट संसद पुनर्स्थापनाको निर्णय भएपछिको डेढ महिना श्रद्धाञ्जली, शून्य समय र प्रतिवेदन पेश गर्नेबाहेक कुनै काम नभएको बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu