अध्यादेशलाई लिएर कांग्रेस नेताकै विरोध
काठमाडौं-सरकारले ल्याउन लागेको अध्यादेशको सत्तारुढ कांग्रेसभित्रैबाट विरोध भएको छ। कांग्रेस नेता शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत यस कदमको विरोध गर्नु भएको छ ।
ुसरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुन सक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न। सरकारले संसद्बाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्थ्यो। यो चुक प्रधानमन्त्रीबाट भयो। यो कांग्रेसको संस्कार होइन उहाँले भन्नुभयो ।
त्यसैगरी अर्का नेता प्रदीप पौडेलले पनि अध्यादेशको विरोध गनुृ भएको छ। उहाँले भनभएको छ हिजो ओलीले संसद् छलेर अध्यादेश हामी प्रतिपक्षमा थियौँ। उहाँले गलत गरे, हामी त्यसको डटेर प्रतिकार गर्यौँ। आज संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्तिभन्दा फरक छैन। असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो।