Connect with us
Kapilvast Forest

निर्वाचन आयोग पुगेर माधव नेपाल पक्षका नेता फर्किए, नेकपा एमाले समाजवादी आजै दर्ता गर्ने

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

madhav

 

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेर फर्किएका छन् ।सरकारले दल विभाजनका लागि ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री बुधबार दिउँसो आयोग कार्यालयमा पुुग्नुभएको थियो ।

आयुक्तहरुसँग छलफल गरेर करिब १५ मिनेटमै फर्किएका पाण्डेले सञ्चारकर्मीको जिज्ञासामा आज आफूहरुको तयारी नपुगेको जवाफ दिनुभएको थियो ।

सरकारले कुनै पनि दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको थियो । सरकारले एमाले र जनता समजवादी पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याएको राजनीतिक वृत्तमा टिप्पणी छ ।संसद छलेर अस्थिरता निम्त्याउने अध्यादेश ल्याएको भन्दै विरोध भइरहेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल समूहले दल दर्ताको तयारी गरेको छ ।

 

अहिले नेपाल समूहका नेताहरु बानेश्वरस्थित अर्याल होटलमा छलफलमा छन् । त्यहाँ उपस्थित नेपाल समूहका नेता जगन्नाथ खतिवडाका अनुसार बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी छ ।नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखिनेछ भने चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिने उहाँले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu