Connect with us
Kapilvast Forest

मलामी गएका एक जनाको बबई नदीले बगाउँदा मृत्यु

२०७८, ११ भाद्र शुक्रबारमा प्रकाशित

दाङ -दाङमा मलामी गएका एक व्यक्तिको बबई नदीले बगाउँदा मृत्यु भएको छ।दंगिशरण गाउँपालिका वडा नं। १ बाँकीका ५० वर्षीय वामदेव देवकोटाको बबई नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताउनुभयो ।

देवकोटालाई शुक्रबार बिहान दश बजेतिर बाँकीस्थित निर्माणाधीन बबई पुल नजिकबाट बगाएको र पाँच सय मिटर दक्षिणको बैबाङमा शव फेला परेको डिएसपी अर्यालले जानकारी दिनुभयो ।

‘गाउँकै एक जना मानिसको मृत्यु पछि गाउँलेहरू मलामी गएका रहेछन्,’ डिएसपी अर्यालले भन्नुभयो ,‘देवकोटा नुहाउन बबईमा पसेपछि बाढीले बगाएर लगेको रहेछ।’

मलामी गएका मानिसहरू घर फर्किने क्रममा परम्परा अनुसार नुहाउने प्रचलन छ। त्यही क्रममा देवकोटा बगेको र स्थानीयले पाँच सय मिटर दक्षिणबाट उहाँको शव भेटिएको प्रहरीले जनाएको छ ।देवकोटा दंगिशरण १ बाँकीका ९० वर्षीय दिलबहादुर रानाको मृत्यु भएपछि गाउँले सँगै मलामी जानुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu