Connect with us
Kapilvast Forest

कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटना १ जनाको मृत्यु

२०७८, १६ भाद्र बुधबारमा प्रकाशित

accident

कपिलवस्तु-कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना३ ख ५९०९ नः ट्रकसगं सोही दिशाबाट आएको लु २७ प ६९३ नः को मोटरसाइकल एक आपसमा ठोकीदा एक जनाको मृत्यु भएको हो । गत राती करिव ११ बजेर ५० मिनेटको समयमा बाणगंगा ४ बुङचीमा सवारी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

मृत्यु हुनेमा पाल्पा रैनादेवि गाउपालिका ५ बस्ने बर्ष २६का बिनोद सुनार रहनुभएको छ । मोटरसाइकलमा सवार अन्य २ जना घाइते हुनुभएको छ । घाइतेहरुको बुटवलमा उपचार भई रहेको छ । घाइते हुनेमा पाल्पा सोही स्थानका प्रदीप बराल र अर्घाखाची २ का सुरेन्द्र सुनार रहेका छन । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरी बताएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu