चन्द्रौटामा ठुलो धन राशीको भलिवल प्रतियोगिता हुदै
न्युज सेन्टर नेपाल ,कपिलवस्तु-
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारासहित राईजिङ स्टार युवा क्लवको आयोजनामा असोज १ गते देखि कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा भलिवल प्रतियोगिता हुने क्लवका अध्यक्ष प्रदिप थापाले जानकारी दिनु भयो ।
क्पिलवस्तुको चन्द्रौटामा शनिवार पत्रकार सम्मेलन गर्दै क्लवले भलिवल प्रतियोगितका लागि तयारी भइरहेको जनाएको छ । प्रतियोगितामा खुल्ला पुरुष तर्फ प्रथम हुनेलाई नगद १ लाख १ हजार १ ट्रफि मेडल,प्रमाण पत्र, दोस्रो हुनेलाई नगद ७१ हजार ट्रफि मेडल,प्रमाण पत्र,तेस्रो हुनेलाई नगद ४१ हजार ट्रफि मेडल,प्रमाण पत्र सान्तवना हुनेलाई नगद २१ हजार ट्रफि मेडल,प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै महिला तर्फ प्रथम हुनेलाई नगद १० हजार ट्रफि मेडल,प्रमाण पत्र,दोस्रो हुनेलाई नगद ५ हजार ट्रफि मेडल,प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ ।
१ गते देखि असोज ६ गते सम्म संचालन हुने प्रतियोगिमा मुलुकका ४०भन्दा बढी जिल्लाका खेलाडीहरु सहभागि हुने खेल संयोजक भरत पुन(शैलेन्द्र)ले बताउनुभयो ।खेलाडीहरुको प्रतिभालाई बाहिर देखाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको पुनले बताउनुभयो ।