Connect with us
Kapilvast Forest

८३ किलो रक्तचन्दनसहित दुई जना पक्राउ

२०७६, १२ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।

घरमा राखेको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त बौद्ध र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले च्याङ्बा लामाको घरमा राखेको उक्त रक्तचन्दन बरामद गरेको हो । रक्तचन्दन कसको हो र कसले ल्यायो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरेहको छ ।

रक्तचन्दनसहित पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu