Connect with us
Kapilvast Forest

‘मिडिया काउन्सिल विधेयक’ राष्ट्रियसभामा

२०७६, १२ भाद्र बिहीबारमा प्रकाशित

gokul-baskota-e1562311509164

काठमाडौं । सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई संघीय संसदको राष्ट्रियसभामा पेश गरेको छ ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विधेयक पेश गर्नुभएको हो ।

विधेयक पेश गर्दै मन्त्री बास्कोटाले सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई हुने गरी विधेयक ल्याइएको बताउनुभयो । उहाँले विधेयकमा उल्लेखित दण्ड जरिवानाको विषयलाई अदालति विषय बनाउने भन्ने बारेमा सोच्न सकिने र केही नमिलेका कुराहरु छलफलका क्रममा मिलाउन सकिने बताउनुभयो ।

उहाँले सरोकारवालासँग छलफल गरेर विधेयकमा आवश्यक परिमार्जन गर्न सकिने प्रतिवद्धता जनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले दर्ता गराएको विरोधको सूचना फिर्ता लिएका थिए ।नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु राधेश्याम अधिकारी, सरिता प्रसाई, अनिता देवकोटा र प्रकाश पन्थले राख्नुभएको विरोधको सूचना फिर्ता सांसद अधिकारीले फिर्ता लिनुभएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu