Connect with us
Kapilvast Forest

संसद्‌मा बजेट प्रतिस्थापन विधेयक पेस हुँदै

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

 

काठमाडौँ — संसद्‌मा बजेट प्रतिस्थापन विधेयक पेस हुने भएको छ । विनियोजन अध्यादेश(बजेट अध्यादेश) प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

पौने ३ बजेका लागि तय गरिएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गर्ने छन् ।सरकारले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमार्फत् ल्याएको बजेटलाई कानुनी रुप दिनका लागि प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो ।