Connect with us
Kapilvast Forest

जनगणनापछि सबै अभिलेख तयार हुन्छ

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

 

काठमाडौँ-जनगणना २०७८ सम्पन्न भएपछि देशभरका सबै वडाको आआफ्नै अभिलेख तयार हुने भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले सबै वडाको अभिलेख निर्माण हुने गरी प्रश्नावली तयार गरेको छ । ७५३ स्थानीय तहका छ हजार ७४२ वटै वडाको अभिलेख निर्माण गर्ने गरी विभागले प्रश्नावली तयार गरेको हो ।
वडा तहको वास्तविक अभिलेखसहितको वस्तुस्थिति विवरणको अभावमा अहिले पनि विकास निर्माण, सेवा प्रवाह, नीति निर्माण र कार्यान्वयनमा चुनौती कायमै छ । केही पालिकाले पालिका स्तरको अभिलेख निर्माण गरे पनि वडागत अभिलेख भने निर्माण हुन सकेको छैन । स्थानीय तहको पुनर्संरचनापछि सबै स्थानीय तहका वडा नयाँ हुन् ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले विभागले प्रोफाइल निर्माण भएपछि आगामी दिनमा वडाले कस्तो नीति र योजना बनाउँदा नागरिकमैत्री बनाउन सकिन्छ भन्ने चित्रण गर्न सहज हुन्छ । आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणनाका सबै कार्य सम्पन्न गर्ने गरी विभागले नयाँ कार्यतालिका हालै सार्वजनिक गरी सोहीअनुसार काम धमाधम गरिरहेको छ ।
उहाँले भन्नुभयो, “सबै वडाले खोजेकै जस्तो प्रोफाइल त नबन्न सक्छ तर वडा कार्यालय सञ्चालनका लागि आवश्यक तथ्य र तथ्याङ्कसहितको प्रोफाइल भने वडा तहमा निर्माण हुन्छ ।”
आगामी जनगणनाबाट वडाभित्रको जातजाति, धर्म, सेवा प्रवाह, राज्यले प्रदान गर्ने सुविधाको पहँुच स्पष्ट रूपमा आउने छ । वडाको बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, गाउँ, टोलमा जाने नागरिकले प्रयोग गर्ने साधन, वडामा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाका विवरण आउने छ ।
जनगणनाबाट सामाजिक, आर्थिक पूर्वाधार सेवा, सुविधा, विपत् जोखिमको अवस्था, एक वर्षभित्रमा भएका प्राकृतिक वा विपतर्को क्षतिको विवरण, वन्यजन्तु र जङ्गली जनावरबाट भएको क्षति, वडाभित्र भएका जातजाति वा सीमान्तकृत नागरिकको बसोबास अवस्थाको तथ्याङ्क आउने गरी प्रश्नावली निर्माण गरिएको रेग्मीले बताउनुभयो ।गोरखापत्र  

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu