Connect with us
Kapilvast Forest

अर्घा भगवती विमानस्थलको रनवे निर्माणकाे पहिलाे चरणकाे काम पूरा

२०७८, ५ आश्विन मंगलवारमा प्रकाशित

 

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाडनम्वर १० शिखरबार्नीमा निर्माण हुँदै गरेको अर्घा भगवती विमानस्थलको दोस्रो चरणको निर्माण कार्य शुरु भएको छ । पहिलो चरणमा पाँचसय मिटर लम्बाइ र ४० मिटर चौडाइको विमानस्थलको ‘रनवे’को काम पुष्पा जेभी कन्स्ट्रक्सनले पाँच करोड ६९ लाख रुपैयाँको लागतमा सम्पन्न गरेको छ ।

पहिलो चरणको विमानस्थल निर्माणको काम सकिएको झण्डै एक बर्षपछि दोस्रो चरणको निर्माणको काम शुरु गरिएको हो । आठ करोड १० लाखको दोस्रो चरणको निर्माण कार्यको लागि प्रदीप प्रतिभा खनाल ब्रदर्श जेभीले तीन करोड ५६ लाखमा ठेक्का पाएको छ ।

जसअन्तर्गत एक लाख ८० हजार घन मिटर माटो कटिंग, एक लाख ७६ हजार माटो बोक्ने, ३९ सय घन मिटर फिलिंग र १८ सय घन मिटर ग्याभींग जालीको काम रहेको निर्माण व्यवसायी कविराम खनालले बताउनुभयो ।

काम गर्नको लागि नागरिक उड्यन प्राधिकरणसँग एक बर्षको सम्झौता गरिएको छ । जिल्ला बासीहरु अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाइ यात्रा गरिरहेका छन् । आफ्नै जिल्लामा विमानस्थल भएमा बिहान काठमाडौं गई काम सकेर साँझ घर फर्कन सक्ने सपना देखेका जिल्लाबासीको सपना पूरा हुन कति बर्ष लाग्ने हो त्यो भने हेर्न बाकी छ ।
पूर्वमन्त्रि तथा अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले शिलान्यस गरि निर्माण कार्यको थालनी सुरु भएको हो –गोरखापत्र  

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu