Connect with us
Kapilvast Forest

देउवाले बोलाए पदाधिकारी बैठक, मन्त्रीको नाम टुंग्याउने तयारी

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

 

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनु भएको छ ।उहाँले आफ्नो निजी निवास बूढानीलकण्ठमा आज दिउँसो ३ बजे बैठक बोलाउनु भएको हो ।

आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन बैठक बोलाइएको देउवाको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री देउवाले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेका छन्। उनले आजै शपथ लिने बताइएको छ ।

सत्तापक्ष गठबन्धनका नेताहरुले पनि देउवाको प्रस्तावमा खड्कालाई परराष्ट्रमन्त्री बनाउन मंगलबार सहमति जनाएका बताइएको छ ।तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूसँगको सल्लाह नगरी मन्त्री नियुक्त गर्ने निर्णय गरेको भन्दै मान्य नहुने बताउनु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu