Connect with us
Kapilvast Forest

उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं- उत्तर कोरियाले फेरि अर्को नयाँ मिसाइल परीक्षण गरेको छ ।उत्तर कोरियाले एन्टी–एयरक्राफ्ट नामक नयाँ मिसाइल परीक्षण गरेको बीबीसीले जनाएको छ । एक महिनामा उत्तर कोरियाले यो सँगै चार पटक मिसाइल परीक्षण गरिसकेको छ ।

केही दिन पहिला पनि उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । अमेरिकी विदेश मन्त्री एन्टाेनी ब्लिङ्कनले मिसाइल परीक्षणले अस्थिरता र असुरक्षा बढाएको बताउनुभएको छ ।

उ​त्तर कोरियाले भने आत्मरक्षाका लागि हतियार आवश्यक भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाए पनि उसले चुनौती दिँदै यी कामहरु निरन्तर रुपमा गर्दै आएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu