Connect with us
Kapilvast Forest

२ बाहेकका बैंकको एटीएम सञ्चालनमा, सम्बन्धित एटीएमबाट मात्रै पैसा झिक्न मिल्ने

२०७६, १५ भाद्र आईतवारमा प्रकाशित

 

१५ भदौ, काठमाडौं । सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो । आइतबार बिहान भने प्रभु र एनआईसी एशियाबाहेकका बै‌ंककाे एटीएम सेवा सञ्चालनमा आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि २ बाहेकका बैंकको एटीएम सेवा सञ्चालनमा आएको जनाएकाे छ । प्रभु बैंक र एनआईसी एशियाकाे सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्ने उसको भनाइ छ । ती दुई बैंकहरुको केही प्राविधिक कामहरु बाँकी भएकाले सर्भर अहिले पनि डाउन नै भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

एटीएम सेवा चले पनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन् । ग्लोबल आईएमई बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले अन्य बैंकको रकम भने निकाल्न नमिल्ने बताए ।धेरै समस्या समाधान भइसकेको भए पनि अझै केही समस्याहरु भने बाँकी रहेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए । बाँकी समस्या समाधान गर्ने कोसिस भइरहेको उनकाे भनाइ छ ।

एटीएममा कसरी समस्या आयो, अब के गर्ने भन्ने विषयमा २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने उनले बताए । उनका अनुसार, महानगरीय प्रहरी परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकर एशोसिएसनका प्रतिनिधिहरु समेत बस्नेछन् ।‘२ बजे प्रहरीले पत्रकार सम्मेलन राखेको छ, हामी पनि त्यहाँ हुनेछौं, विस्तृतमा जानकारी त्यहाँ आइहाल्छ’ अध्यक्ष ढुंगानाले भने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu